नेपाल कम्यनिष्ट पार्टी-माओवादी, सेती महाकाली राज्य समितिको प्रेस विज्ञप्ति
News by- Surendra Pokharel   |   From- Kathmandu    |     March 20, 2013
 
 

                                                  प्रेस विज्ञप्ति   
                                            

नेपाल कम्यनिष्ट पार्टी–माओवादी, अछाम जिल्ला पार्टीको इञ्चार्ज झंकर साउद पार्टीको सातौं महाधिवेशन पश्चात जिल्लामा नआएको राज्य समिति र जिल्ला समितिको बैठकमा पनि उपस्थित नभएका कारण सो जिम्मेवारीको व्यवस्था भिन्न ढंगले हल गरिएको थियो । राज्य कार्यालयको २०६९ चैत्र ६ गतेको निर्णयअनुसार जिल्ला इञ्चार्जमा क.अविरसिंहलाई पठाएको छ भने वैचारिक राजनैतिक रुपले विचलन भै निश्क्रिय रहेका झंकर साउद र गोविन्द साउदलाई राज्य समितिबाट निश्काशन गरिएको छ । साथै जिल्ला सह–सेक्रेटरी गोविन्द साउदले जिल्ला पार्टीको बैठकमा सो पदबाट राजिनामा दिईसकेको र राज्य कार्यालयले स्वीकृति पनि गरिसकेको अवस्थामा आज आएर इञ्चार्ज र सह–सेक्रेटरीको नाममा विज्ञप्ति जारी गरि एमाओवादीमा प्रवेशको खबर आफैमा झुठ्ठा प्रचार हो। 

 

उहाँहरु दुवैमा आएको वैचारिक राजनैतिक विचलनको पराकाष्टा सबै जिल्ला पार्टी गएको हल्ला गर्नु बनेको छ भने आफुहरुसंग गएका प्रचार गरिएका जिल्लाका कमरेडहरु उहाँहरु जस्तो विचलित नभएको र १-२ जना बाहेक सबैले खण्डन गरिसक्नु भएको छ । यस्ता भ्रमपूर्ण प्रचार प्रति सजग रहन र पार्टी र क्रान्ति प्रति विश्वस्त रहन सम्पूर्ण पार्टी पंक्ति, सहीद र वेपत्ता परिवार, जनयुद्धका घाइते योद्धा कमरेडहरु साथै आदरणीय जनसमुदायमा जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

 

धन्यवाद ।

 

क्रान्तिकारी अभिवादन सहित
                               
(शरद सिंह भण्डारी)                             (ओमप्रकाश पुन)
   (सेक्रेटरी)                                            (ईञ्चार्ज)


 
Related Photos
 
Comments - Total ( 0)
 
 
Post Comments
 
Full Name
Email Address
Website
Comment
 
 
 
 View Archive Press Release Events »