जन सम्पर्क समिति नर्थ क्यारोलिना अमेरिकाको बिज्ञप्ति :
News by- Surendra Pokharel   |   From- Kathmandu    |     March 18, 2013
 
 

                                                बिज्ञप्ति
सहृदयी, मृदु भाषी एबं सदा सामाजिक कार्य मा आफुलाई ब्यस्थ राख्न खुशी हुने सच्चा ईमान्दार नेपाली कांगेसका पाका नेता तथा सत्र पटक सम्म लम्जुङ्ग जिल्ला विकास समितिका सभापति, संसद, आर्थिक समितिका सभापति तथा गाउ जिल्ला का अगुवा सेवक, सबैका अति प्रिय दाजू लेखनाथ अधिकारीको  स्वर्गारोहर्ण को समाचारले हामी अत्यन्त मर्माहत भएका छौ ! ज्यादै दुखित छौ |

जिल्ला, शुभ चिन्तक एबं सिंगो नेपाली कांग्रेसले आफ्नो अति मूल्यवान त्यागी एबं मेहनती प्यारो नेता तथा अगुवा गुमाएका छन् | यस घडीमा मृतात्माको सुख शान्ति र मुक्तिको निमित्त भगवान संग  प्रार्थना गर्दै शोकमा डुबेका सम्पूर्ण परिवार, आफन्त, नातेदार एबं शुभ चिन्तक सबैमा यस नर्थ क्यारोलिना जन सम्पर्क समिति परिवार  हार्दिक समबेदना व्यक्त गर्दछ | 
मोहन चन्द्र बराल
सभापति
जन सम्पर्क समिति
नर्थ क्यारोलिना, अमेरिका !


 
Related Photos
 
Comments - Total ( 0)
 
 
Post Comments
 
Full Name
Email Address
Website
Comment
 
 
 
 View Archive Press Release Events »