प्रेश विज्ञप्ती
महोदय,
यहि मिति २०६९ साल फाल्गुण २८ गतेका दिन १२ वटा संघ संस्थाका २२ जना प्रतिनिधिहरुको उपस्थितिमा तराई निर्वाचन पर्यवेक्षण मञ्च गठन गरियो । मधेश मानव अधिकार गृहका अध्यक्ष रबि ठाकुरको अध्यक्षतामा गठित ९ सदस्सीय कार्य समितिमा तराई मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष दिपेन्द्र झा महासचीव, मानव अधिकार संरक्षण प्रबर्धन समिति रुपनदेहीका सदस्य शैलेन्द्र प्रसाद हरिजन कोषाध्यक्ष, मानव अधिकार संरक्षण प्रबर्धन समिति कैलालीका अनन्त चौधरी सदस्य, मानव अधिकार संरक्षण प्रबर्धन केन्द्र बाँकेका आलम खाँ सदस्य, मानव अधिकार संरक्षण प्रबर्धन केन्द्र सर्लाहीका सरस्वती कटुवाल सदस्य, शान्ति र विकासका लागी युवा जनकपुरका अविनाश कर्ण सदस्य, मानव अधिकार संरक्षण केन्द्र महोत्तरीका मदन झा सदस्य, मुक्ति नेपाल सिरहा का श्याम कुमारी शाह सदस्य रहेका छन् । देशमा हुन गई रहेको संविधान सभाको निर्वाचन एवम् स्थानिय निर्वाचन निश्पक्ष एवम् धांधली रहित गर्न गराउनका लागी सरोकार वाला निकायलाई जवाफदेही पारदर्शी बन्न उत्पे्ररित गर्ने, निश्पक्ष एवम् तटस्थ रही निर्वाचनको पर्यवेक्षण गर्ने तथा मतदाताहरुलाई शिक्षित एवम् सशक्त बनाउने उद्देश्य तराई निर्वाचन पर्यवेक्षण मञ्चको रहेको छ ।
अध्यक्ष
रविन्द्र नाथ ठाकुर निर्वाचन पर्यवेक्षण मञ्च
|