वाना निर्वाचन सम्बन्धि वानाकार्य समितिको जरुरी सूचना
News by- Sharda Rana   |   From- Kathmandu    |     March 18, 2013
 
 

                                                                                           मिति : मार्च १७, २०१३

             वाना निर्वाचन (२०१३/२०१५) सम्बन्धि वानाकार्य समितिको अत्यन्त जरुरी सूचना



वाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (वाना) को नँया नेतृत्व चयन (२०१३/२०१५) को लागि मिति जनवरी ६, २०१३ (पौष २२, २०६९) मा भएको विस्तारीत बैठकले सल्लाहकार श्री आनन्दकृष्ण घिमिरेको संयोजकत्वमा गठित निर्वाचन समितिले वानाको विधान अनुसार निर्वाचनको कार्यक्रमहरु अगाडि प्रकाशित गरी रहेको परिप्रेक्षमा निर्वाचनको लागि विभिन्न पदहरुमा उमेदवारी दर्तागरी चुनावी प्रकृयामा उमेदवारहरु अगाडी बढिरहेका छन् । १५ सदस्यीय कार्यकारणी समितिमा सतिस चापागाई, गौतम दाहाल र विजय श्रेष्ठले अध्यक्ष पदमा उमेदवारी दिनुभएको छ । उपाध्यक्षमा हिकमत मणि श्रेष्ठ र सूचना निर्देशकमा शालिक प्रसाद शर्मा (वाग्ले)  निर्विरोध निर्वाचित भईसक्नु भएको छ । निर्वाचनको कार्यक्रमहरु यसरी अगाडी बडिरहेको समयमा वानाको विधानअनुसार मतदानमा सहभागी हुनको लागी निर्वाचन हुनुभन्दा दश दिन अगाडि आफनो सदस्यता दर्ता तथा नविकरण गरीसक्नु पर्दछ । मार्च २४ गने आइतवारको दिन निर्वाचन गरिने भएपछि मार्च १३ को राती ११:५९ सम्म कानुनी रुपमा सदस्यता दर्ता नवीकरण हुनुपर्नेमा करीव ११:१५ तिर अध्यक्षका तीनै जना प्रत्यासी र अन्य उमेदवारहरु समेत वानाको कार्यलयमा बसि सहमति गर्ने भनेर छलफल शुरु भयो, यसरी छलफल गर्ने क्रममा वाना कार्य समितिका पदाधिकारीहरुले आज सदस्यता नविकरण अन्तिम दिन भएकोले समय सकिनु भन्दा अगाडि नै सबै सदस्यहरुको दर्ता नविकरण गरौ, छलफल र सहमतिको लागि अझै मार्च १७ तारिक सम्म समय रहेकोले हामी सहमति होस् भन्ने चाहन्छौं । सचिव पदका प्रत्याशी उमेदवार मोहन पन्तले १९५ जनाको सदस्यता दर्ता राती ११:५० मा गराउनु भयो । उमेदवारहरु छलफलमा व्यस्त भएपछि राति १:४५ बजे अध्यक्षका उमेदवार सतिश चापागाई र गौतम दाहाल हामी सदस्यता बुझाउदैनौ भन्दै कार्यलय रहेको घरबाट बाहिरिनु भयो । अध्यक्षका उमेदवार दाहल निर्वाचन प्रकृयालाई अगाडी बढ्न नदिनको लागी विभिन्न वाहना बनाउँदै हुनुहुन्छ, कहिले कार्यलयका कुरा कहिले वर्तमान अध्यक्षले राजिनामा गरेर निर्वाचनमा आउने कुरा त कहिले आफनै आँखा अगाडी निर्वाचन आयुत्त र निर्वाचन कमिटिका सदस्य र समाजका वरिष्ट व्यक्तिहरुको उपस्थितिमा राती ११:५० मा १९५ जनाको सदस्यता फाराम दर्ता भएकोलाई समेत गलत व्याख्या गरेर । समयमा सदस्यता दार्ता नगरेको कारणले गर्दा विधान अनुसार तपाई सम्पूर्ण मेरील्याण्डवासी नेपालीहरुलाई मतदानमा सहभागी गराउन सकिएन, यसमा हामीलाई दुःख लागेको छ । यसै गरी वानाको विधान सम्वत तरीकाले निर्वाचनका कार्यक्रमहरु अगाडी बडिरहेको सम्वन्धमा विभिन्न खालका भ्रमित कुराहरु प्रचारमा ल्याउने र समाजलाई वदनाम गराउने कार्यको वाना कार्य समिति (२०११/२०१३) घोर आपती तथा भत्स
र्ना गर्दछ । हामी सम्पूर्ण मेरील्याण्वासी दाजुभाई दिदीवहिनीहरु, नेपाली दुतावास, महावाणिज्य दुतावास सम्पूर्ण मेरील्याणका नेपाली संध संस्थाहरुमा वाना निर्वाचन सम्बन्धि सम्पूर्ण कार्यक्रमहरु  हालसम्म वानाको विधान अनुसार गरीएकोले कुनै पनि भ्रमित प्रचारका पछाडी नलागी आगामी मार्च २४ मा हुने वानाकार्य समिति (२०१३/२०१५) को निर्वाचनमा सहभागी हुन विनम्र अनुरोध गर्दछौँ । 

महासचिव
ओमबहादुर
तुलाचन 

उपाध्यक्ष

प्रभु राम थापा 


 
Related Photos
 
Comments - Total ( 0)
 
 
Post Comments
 
Full Name
Email Address
Website
Comment
 
 
 
 View Archive Press Release Events »