Published by-
www.dcnepal.com | From-
Kathmandu, Nepal |
March 20, 2013 |
1688
VIEWS
स्वर्गिय गिरिजाप्रसाद कोईरालाप्रति श्रद्दा सुमन ब्यक्त गर्न चाहान्छौं। अनिल ढकालले तयार पारेको यो भिडियो हेर्नुहोस ।
नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाउन पार्टीले सबै जिल्लामा पत्राचार गरे पनि केन्द्रमा भने कुनै औपचारिक कार्यक्रम भएन। ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा कर्मचारीले कोइरालाको तेस्रो स्मृति दिवस मनाएका हुन् । कोइरालाको सम्झनामा औपचारिक कार्यक्रम नभएपछि केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीले महामन्त्री कृष्णप्रसाद सिटौलाको उपस्थितिमा उनको तस्बिरमा माल्यार्पण गरेर सम्झना गरे। उनीहरुले राजनीतिक परिवर्तनमा कोइरालाले पुर्याेएको योगदानको स्मरण गरे। कांग्रेसका नेता तथा कार्यकर्ताले भने कोइरालाको सम्झना गरेनन्।